काठमाडौं । साताको चौथो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार पनि सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ १० रुपैंयाले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० माघ १० बुधवार १०:४३ मा प्रकाशित