काठमाडौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् ।
संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । तिवारीलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनलिे जानकारी दिएको छ ।
वि.सं.२०८० माघ ११ बिहीवार ११:३८ मा प्रकाशित