काठमाडौँ । नेपालको अग्रणी डिजिटल वलेट खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङ देखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ। सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ।
निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबार द्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजिवन सहज बनाईरहेको छ भने १ लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रतक्ष रूपमा खल्तीको डिजिटल भुक्तानि सेवा बाट लाभान्वित भईरहेका छन्। आफ्नो स्थापनाको छोटो अबधीमा नै खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख एजेन्ट, ६० हजार ं मर्चेन्ट , ५०ं बैंक तथा वित्तिय संस्था र १५००ं सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ।
खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आइएसओ २७००१:२०१३ प्रमाणिकरण गरेको छ भने हालै मात्र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ ।
खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘ योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ। यसका लागी खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण , खल्ती सुरक्षा , इभेन्ट टिकटिङ , भोटिङ , मुभी टिकटिङ , ‘खल्ती प्रो’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ। आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने कुरा बताएको छ।
यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्नुहुन्छ : “ सुरुवाती चरण देखि नै खल्ती सम्पूर्ण नेपालीहरूलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छ। आजको दिन , सात वर्षको यात्रा सम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौँ । हामीले निजी क्षेत्र साथ साथै सरकारी क्षेत्रका अधिकांश सेवाहरू पनि खल्तीमा उपलब्ध गराएका छौँ। अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नबभई लगानी तथा आफ्नो वित्तिुय व्यवस्थापन गर्ने प्लेटफर्मको रुपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ।”
सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघ (७ दिन) को अवधि भर पहिलो बैकं लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई रू ७७ को क्यासब्याक को अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ। यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै स् खल्ती ब्यालेन्स , खल्ती पोईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन्। ‘खल्ती जर्नी’ मा १ देखि ७ वर्ष को शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य तोकिएको छ । सोही अनुसारको चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन्। भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भोटिङ , दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनोभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डको लाभ उठाउन सक्नेछन् ।
साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ६ औँ वार्षिकोत्सव कै उपलक्षमा उपलब्ध गराएको छ।
वि.सं.२०८० माघ १२ शुक्रवार ११:१६ मा प्रकाशित