काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३०.९२ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ५४ करोड १ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १४ करोड ९१ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको १४ करोड ४४ लाख २५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्क्चरको ८ करोड ६० लाख ६१ हजार रुपैयाँ र अरुण काबेली पावरको ८ करोड ३३ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० माघ १८ बिहीवार १५:०५ मा प्रकाशित