काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३०.९२ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा समाज लघुवित्तको सेयर मूल्य उच्च दरमा बढेको छ । कम्पनीको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ । । त्यसैगरी, रावा इनर्जी डेभलपमेन्टको ३.८३ प्रतिशत, सनराइज बैंक डिबेञ्चरको ३.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको ३.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० माघ १८ बिहीवार १५:१३ मा प्रकाशित