काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३०.९२ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।
सेयर बजारमा गिरावट आउँदा साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधि घटेको छ । कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घटेको छ । त्यसैगरी, मिड सोलु हाइड्रपावरको ६.८८ प्रतिशत, मोलुङ हाइड्रोपावरको ६.४७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.१४ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ५.८४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० माघ १८ बिहीवार १५:२२ मा प्रकाशित