काठमाडौं । साताको अन्त्मि कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ३०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैंयामा कारोबार भएको थियो ।
वि.सं.२०८० माघ १९ शुक्रवार १०:३६ मा प्रकाशित