back
NMB ad

दुई जिल्ला जोड्ने सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम   

Kumari bank ad

ढोरपाटन (बागलुङ), १९ माघ : बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको चार वर्ष भयो । विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म आधा मात्रै काम सकिएको छ । पूर्वाधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रक्सनलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । विसं २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने काम तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ । दुई जिल्ला जोड्ने सडकको काम सुस्त गतिमा हुँदा यात्रा गर्न निकै कठिन भएको छ । निर्माण कम्पनीले लामो समय काम रोकेको थियो ।

निर्माण कम्पनीले अहिले कामदार खटाएर काम गरिरहेको छ । दुई दशकसम्म कच्ची सडक हुँदा समय–समयमा दुर्घटना हुने गरेको छ भने यात्रा निकै कष्टकर हुने गरेको यात्रुको भनाइ छ । निर्माण कम्पनीले सम्झौता गरेर काम गर्न आएदेखि समस्यामा सहजीकरण गर्दै आए पनि समयमै काम गर्न नसकेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले बताउनुभयो । बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गर्दै आएको उहाँको भनाइ छ । समयमै सडक कालोपत्रे नहुँदा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती भोग्नु परेको उहाँ बताउनुहुन्छ ।

वडा नम्बर ५ को हरिचौरमा नगर अस्पताल सञ्चालन गरेको र नागरिक उपचारका लागि त्यहाँ जाँदा बढी समस्या खेप्नुपरेको प्रमुख शर्माले सुनाउनुभयो । सडक आसपासका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले आजित बन्ने गरेका छन् । सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको उहाँको भनाइ छ ।

प्रमुख शर्माले भन्नुभयो, “ट्रयाक खुलेको धेरै वर्षपछि सडक स्तरोन्नति हुँदा स्थानीय खुसी भएका थिए, हामी पनि खुसी थियौँ तर निर्माण कम्पनीले चार वर्ष बित्न लाग्दा पनि काम सकेको छैन, हटिया बजारदेखि नगरपालिकाको कार्यालयसम्मको केही भाग नगरपालिकाले पनि काम गरेको छ, यतिका समयसम्म काम नगर्दा स्थानीय आक्रोषित भएका छन्, हामीले सहयोग गर्दा पनि समयमा काम गर्न सकेको छैन ।”

निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म काम सक्ने पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार १० किलोमिटर आठ सय मिटर कालोपत्रे गर्नका लागि जिम्मा पाएको निर्माण कम्पनीले गलकोट खण्डमा नाली निर्माण, फराकिलो बनाउने काम सकेको छ । ताराखोला खण्डमा नाली व्यवस्थापन र फराकिलो पार्ने काम गरिरहेको इन्जिनियर पुनले बताउनुभयो । गलकोट नगरपालिका–३ हटिया बजारबाट ताराखोला गाउँपालिका–४ साँदीसम्मका लागि पहिलो चरणमा काम भएको हो । अहिले गाईघाट झरनासम्म काम भइरहेको पुनको भनाइ छ । निर्माण कम्पनीले रु २८ करोडको लागतमा सडक निर्माणको जिम्मा लिएको पुनले बताउनुभयो ।

“काम सुरु भएपछि निर्माण कम्पनीले बीचमा लामो समय काम गरेन, अहिले ‘फिल्ड’मा आएर धमाधम काम गरिरहेको छ, असार मसान्तसम्म म्याद छ, काम ग¥यो भने सकिने सम्भावना देखिन्छ”, इन्जिनियर पुनले भन्नुभयो, “अब ४० प्रतिशत काम बाँकी छ, नाली र सडक चौडा गर्ने काम सकियो भने कालोपत्र गर्न धेरै समय लाग्दैन”

वि.सं.२०८० माघ १९ शुक्रवार १४:२८ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

नीति तथा कार्यक्रमः ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५२

काठमाडौँ, १ वैशाखः सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा...

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४३

वासुदेव पौडेल  गण्डकी, १ जेठ : पृथ्वी राजमार्ग अन्तरगत पोखरा...

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४०

काठमाडौँं, १ जेठः सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने...