back
NMB Ad

चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो   

इस्लामावाद, १९ माघ : चालु आर्थिक वर्ष ( सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म ) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी डलर पुगेको छ । यो १२ प्रतिशतको वृद्धि भएको देशको वाणिज्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा आयात १६ प्रतिशतले सङ्कुचित भएको, अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा व्यापार घाटामा ३९ प्रतिशतले कमी आएको मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिअनुसार सन् २०२४ जनवरीमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा २६.९ प्रतिशतले बढेको छ भने आयातमा ४.५ प्रतिशतले गिरावट आएको छ ।

पाकिस्तानको विश्वव्यापी व्यापारमा सकारात्मक प्रवृत्तिले देशले अन्तर्राष्ट्रिय व्यापार निरन्तर विस्तार भइरहेको पाकिस्तानी वाणिज्य मन्त्री गौहर एजाजलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता सकारात्मक प्रवृत्तिहरूले व्यापार तथा आर्थिक वृद्धिलाई प्रवद्धन गर्ने सरकारको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनुभयो ।

वि.सं.२०८० माघ १९ शुक्रवार १४:३६ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...