back
NMB ad

७.७२ प्रतिशतले घट्यो सन नेपाल लाइफको नाफा, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७.२२ प्रतिशतले कम हो ।

गत वर्ष यसले ३५ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ७२.४१ प्रतिशतले बढेर ४३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले लगानी तथा कर्जाबाट २५ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल दावी भुक्तानी ५४ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३७ करोड ८४ लाख रुपैयाँ थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ । सन नेपालको सेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख रहेको छ । यसको ग्रस इन्सुरेन्स कन्ट्याक्ट लियाबलिटिज् (जीवन बिमा कोष) मा ६ अर्ब ५१ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.१३ प्रतिशतले थोरै हो ।

गत वर्ष कम्पनीले १ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५२ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ०४ पैसा रहेको छ । यस इन्सुरेन्सले प्रिमियम थप गरेर आइपीओ बिक्री गरेको थियो । त्यसैले प्रिमियममा संकलन भएको रकम सेयर प्रिमियम शीर्षकमा जम्मा भएको हो ।

वि.सं.२०८० माघ २१ आइतवार ११:४३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...