back
NMB Ad

धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा   

म्याग्दी (बेनी), २१ माघ : रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याउनुभएको हो ।

होटल सञ्चालनमा आएपछि टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि सेञ्चुरी पदमार्गमा जाने पर्यटकलाई सहज हुने भएको छ । “पदमार्ग सञ्चालनमा आए पनि खान र बसोबासको सुविधा नहुँदा पर्यटकलाई समस्या थियो, अहिले १० देखि १५ जनालाई बसोबासको समेत सुविधासहित होटल सञ्चालनमा ल्याइएको छ, यसलाई थप व्यवस्थित गर्दै क्षमता विस्तार गर्ने लक्ष्य राखेको छु”, सञ्चालक पाइजाले भन्नुभयो ।

समुद्री सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा रहेको यस ठाउँबाट धौलागिरि हिमाल र सेतिनी झरनाको मनोरम दृष्य अवलोकन गर्न समेत सकिन्छ । यसअघि होटल सुविधा नहुँदा पर्यटकहरु खाना र बसोबासका लागि क्याम्पिङ बन्दोबस्तसहित जानुपर्ने बाध्यता थियो ।

टोड्के–धौलागिरि पानोरम पदमार्गको खोजी र प्रवद्र्धनका लागि आउनुभएका ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले सेतिनी भ्यालीको होटलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

“यस क्षेत्रमा पर्यटनको सम्भावना अथाह छ, तर सुविधा र पूर्वाधारको अभाव प्रमुख समस्या हुन्, होटल सञ्चालनमा आएपछि पर्यटकलाई धेरै सुविधा र राहत मिलेको छ”, उहाँले भन्नुभयो ।

वि.सं.२०८० माघ २१ आइतवार १६:५६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:१६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २५ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

वि.सं.२०८१ फागुन २५ आइतवार १४:५३

काठमाडौं । आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा...

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

वि.सं.२०८१ फागुन २५ आइतवार १४:३२

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३...

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

वि.सं.२०८१ फागुन २५ आइतवार १४:१६

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ,...