back
NMB ad

जीहो ब्रान्डका दुई पाङ्ग्रे स्कुटर बजारमा, यस्ता छन् विशेषता

Kumari bank ad

नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम क्षमताको कारण जीहो ब्रान्डका दुई पाङ्ग्रे स्कुटर युवायुवती बीच निकै नै लोकप्रिय रहेको छ । उक्त ब्रान्डका स्कुटर नेपालमा रिलाइन्स ग्रुपअन्तर्गत रिसि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ ।

कम्पनीले नेपाली बजारमा जीहोको एई८ मोडल मार्फत आफ्नो बजार विस्तार गरेको थियो । साथै उक्त कम्पनी नेपालको लागि सीएफ मोटोको समेत आधिकारिक वितरक पनि हो । जीहो एई८ मोडल नेपालको भूगोलको लागि सुहाउँदो, उच्चस्तरीय प्रविधि तथा आधुनिक विशेषताले भरिपूर्ण छ ।

जीहो एई८ मा ५ किलोवाटको जेड कोर मिड ड्राइभ लिक्विड–कूलिङ मोटरद्वारा संचालित छ । यसले १२.५ किलोवाटको पावर र २१८ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । यसले १०० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले दावी गरिएको छ । सो बाइकले २.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिने पनि दाबी गरिएको छ ।

उक्त स्कुटरको पावर आजको मितिमा ग्राहकले बजारमा उपलब्ध २५० सीसी बराबरको पेट्रोल बाइक सँग गर्न सकिन्छ । एई८ चार्ज गर्न एकदमै सजिलो र सहज छ । यसलाई ४ घण्टामा फूल चार्ज तथा २ घण्टामा ७० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा पोर्टेबल लिथियम आयन ब्लेड कम्प्याक्ट ब्याट्री दिइएको छ, जुन नेपालमै यस ब्राण्डको एई८मा मात्र उपलब्ध रहेको छ । सो ब्याट्री बढी तातिएर कुनै भौतिक हानी नहुने कम्पनीको दावी गहेको छ ।

कम्पनीले जीहो कै अर्काे अर्बान मोविलिटीको निर्मित आफ्नो एई६ प्लस मोडल नेपाली बजारमा ल्याएको छ । व्यस्त जीवन र महँगीएको आजको समयमा यात्राको उही मजा लिई नयाँ प्रविधिमा ग्राहकलाई उच्चतम प्रतिफल दिने उद्देश्यले जीहोले आफ्नो उक्त मोडल नेपाली बजारमा प्रस्तुत गरेको देखिन्छ ।

जीहो एई६ प्लसमा २.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा संचालित छ । यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पनन गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ । सो बाइक ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ । सो बाइक फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ ।

एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, ह्विल पावर १६० एनएम र बाइकको तौल ९६ किलोग्राम रहेको छ ।

कम्पनीले एक्सचेन्जको साथसाथै फाइनान्स सहजताको लागि माछापुच्छ्रे बंैकसँग सहकार्य गरेको छ । उक्त मोडलको नक्सालस्थित सीएफ मोटोको शोरुम टेस्ट राइड गरी अझ बढी जानकारी लिन सकिनेछ ।

वि.सं.२०८० माघ २१ आइतवार १७:०८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...