back
NMB ad

नसर्ने रोगको अग्रस्थानमा क्यान्सर, महिलाको प्रजनन अंगमा हुने क्यान्सर भयावह हुँदै

Kumari bank ad

काठमाडौं, २१ माघ । नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदयरोगलाई जितेर क्यान्सर रोग पुगेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक १ जनाजसो क्यान्सर विरामी सिफारिसका लागि जाने गरेको बताए । आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्यांक रहेकोमा यो वर्ष २ सय पुगिसकेको जानकारी उनले दिए ।

नेपाल एनसीडी एलायन्सले काठमाडौं महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्वन्धि स्क्रिनिङ्ग प्रशिक्षणमा उनले नेपालमा स्तन क्यान्सर क्यान्सर र पाठेघरको क्यान्सरले महिलाहरुलाई नराम्रोसँग दुःख दिइरहेको बताए ।

महिला प्रजनन अङ्ग भएकाले अरुलाई भन्न पनि लजाउने र चिकित्सकमा जान पनि अप्ठ्यारो मान्ने गरेका कारण महिलाहरुको क्यान्सर रोगको उपचार गर्न ढिलाइ हुने गरेको उनले स्पष्ट पारे।

शहरी भेगका महिलाहरुमा समेत स्तन क्यान्सर र पाठेघरको क्यान्सरको बारेमा चर्चा गर्न लजाउने प्रवृत्ति भएको हुनाले महिला स्वयंसेविकामार्फत महिलाहरुसम्म सन्देश पु¥याउनका लागि कार्यक्रमको आयोजना गरेको आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले बताए ।

महिलालाई हुने क्यान्सरको स्थिति भयावह भएको पाइए पछि महिला स्वयंसेविकामार्फत यसबारे जनचेतना जागृत गर्ने र आफैले स्तन क्यान्सर परीक्षण गर्ने क्षमता प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ ।

हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपाल, पहल फाउन्डेसन, नेपाल मधुमेह समाजको सहआयोजनामा भएको प्रशिक्षण कार्यक्रममा डा. न्यौपानले सुर्ती सेवन र मदिराका कारणका साथै खानपान एवं रहनसहनले गर्दा क्यान्सर रोगीहरुको संख्या वढीरहेको बताए ।

वरिष्ठ प्रशिक्षक किशोर प्रधानाङ्गले जंक फूड खाने अनि शारीरिक अभ्यास नगर्ने त्यसमाथि क्यान्सर रोगको बारेमा अरुले थाहा पाउला भनेर छलफल नहुने गरेको बताए ।

क्यान्सरको जोखिम कम पार्नका लागि शंका लाग्ने वित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्ने सन्देश स्वास्थ्य स्वयंसेविकाले घरघरमा पु¥याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

वरिष्ठ परिचारिका सीता अधिकारीले स्तनमा गाँठागुठीहरु देखिए वा दुृखेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र आफैले समय समयमा स्तनको स्वपरीक्षण गर्न आग्रह गरिन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सरको स्वपरीक्षणका विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए ।

हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपालका पूर्ण दुवालले स्वास्थ्य अधिकारको हनन् कतै भएमा र सुर्ती नियन्त्रणसम्वन्धि कानुनको पालना नभएमा उजुरी दिन आग्रह गरे ।

वि.सं.२०८० माघ २१ आइतवार १७:२३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...