back
Kumari Bank

आर्थिक सङ्कट ‘बिस्तारै’ कम हुँदै श्रीलङ्काको भनाइ   

Nepal Bank

कोलम्बो, २१ माघ : विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको श्रीलङ्का अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को जमानत नियमनसम्बन्धी मितव्ययितापछि ‘बिस्तारै’ अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको श्रीलङ्काका राष्ट्रपतिले आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा बताउनु भएको छ ।

राष्ट्रपति रानिल विक्रमासिङ्घेले ‘आर्थिक रूपमा दिवालिया राष्ट्रको प्रतीक बनाइएको अपमान’ को स्मरण गर्दै परम्परागतरूपमा आयोजना गरिने वार्षिक सम्बोधनमा उहाँले बिस्तारै’ अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको बताउनुभएको हो ।

सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण नतिरेपछि श्रीलङ्का विदेशी मुद्रामा आएको कमीका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तु आयात गर्न असमर्थ भएको थियो ।
आर्थिक सङ्कटको चरमोत्कर्षमा श्रीलङ्कामा गरिएको महिनौँको नागरिक आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई पदच्युत गरिएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत वर्ष मार्चमा श्रीलङ्कालाई सुधार कार्यक्रमअन्तर्गत दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको चार वर्षे कर्जाको पहिलो किस्ता जारी गरेको थियो ।

राष्ट्रपति विक्रमासिङ्घेले भन्नुभयो, “यो यात्राको दौडान, चुनौतीहरू क्रमशः हट्नेछन्, जीवनका बोझहरू हल्का हुनेछन्, अर्थव्यवस्था मजबुत हुनेछ ।”

उहाँले भन्नुभयो, “विगतका गल्तीबाट अन्तरदृष्टि प्राप्त गर्नु र त्यसको पुनरावृत्ति हुनबाट जोगिनु अत्यावश्यक छ ।”

सेन्ट्रल बैंक अफ श्रीलङ्काको तथ्याङ्कअनुसार सरकारले जमानत कर्जालाई कायम राख्न आईएमएफका शर्तअनुसार कर बढाएपछि गत महिना मूल्यमा छ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो ।

बैङ्कका अनुसार ६.४ प्रतिशतको वृद्धि डिसेम्बरमा देखिएको ४.० प्रतिशतको तुलनामा निकै बढी हो । यद्यपि, सन् २०२२ मा श्रीलङ्काको वित्तीय सङ्कटको चरम बिन्दुमा मुद्रास्फीति लगभग ७० प्रतिशतमा पुगेको थियो । अहिलेको मुद्रास्फीति त्यतिवेलाको स्तरको दशौं हिस्साभन्दा पनि कम हो ।

वि.सं.२०८० माघ २१ आइतवार १७:३१ मा प्रकाशित

You can share this post!

वित्तीय क्षेत्र : बाटो बिराएको दशक

वित्तीय क्षेत्र : बाटो बिराएको दशक

वि.सं.२०८२ असार २५ बुधवार ०७:११

डुन्डुराज आचार्य (डीआर) राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय आर्थिक गणना २०७५...

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार २५ बुधवार ०६:५५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २५...

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा   

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा   

वि.सं.२०८२ असार २५ बुधवार ०६:५१

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ...

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह   

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह   

वि.सं.२०८२ असार २५ बुधवार ०६:४४

काठमाडौँ : वाग्मती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह...

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?   

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?   

वि.सं.२०८२ असार २५ बुधवार ०६:४१

प्रगति ढकाल काठमाडौँ, २५ असारः यस वर्षको मनसुन अपेक्षित समयभन्दा...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २५ बुधवार ०६:३८

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...