काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार ९.४४ अंकले बढेर २०८५ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ९१ लाख ५३ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ११ वटा उपसूचकमा हरियाली छाएको छ । मंगलबार ब्यापार समूहको ०.५४ प्रतिशत र अन्य समूहको ०.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० माघ २३ मंगलवार १५:१७ मा प्रकाशित