काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार ९.४४ अंकले बढेर २०८५ को विन्दुमा कायम हुन पुगेको छ ।
मंगलबार नेप्सेमा सूचीकृत ८७ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज साम्लिङ पावर कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लाएको को हो ।
त्यस्तै, नेपाल दूरसंचार कम्पनी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सानिमा ग्रोथ फण्ड, मिड सोलु हाइड्रोपावर, १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२, किसान लघुवित्त, बरुण हाइड्रोपावर, मेगा म्युचुअल फण्ड १ र ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५ को सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० माघ २३ मंगलवार १५:२२ मा प्रकाशित