back
NMB ad

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्ता बीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उहाँले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रि कला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभवलाई रोचक एवं प्रेरणदायी प्रस्तुतीकरण दिनु भएको थियो । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उपत्यकाबाट कार्यक्रममा उपस्थित भएका एमडिआरटि २०२४ मा छनोट हुनुभएका अभिकर्ताहरुलाई केक काटी विशेष सम्मान गरिएको थियो । अभिकर्ता स्कीम अन्तर्गत लक्की ड्र मार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवन कुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०८० माघ २५ बिहीवार १०:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...