back
NMB Ad

आन्तरिक पर्यटनमा प्रोफेसनलहरुलाई जोड्ने ‘मेरोअटो राईड २०२४’ शुक्रबार हुँदै

Royal Enfield Inside Page Banner

काठमाडौं । आन्तरिक पर्यटन र मोटरसाइकल राइड टुरिजममा प्रोफेसनलहरुलाई जोड्ने लक्ष्यका साथ ‘मेरोअटो राईड–२०२४’  भाेली शुक्रबार (माघ २५) सुरु हुँदैछ । दुई दिन चल्ने यो राइडमा विभिन्न क्षेत्रमा काम गर्ने प्रोफेशनहरुले सहभागिता जनाउने छन् ।

आन्तरिक पर्यटनलाई जोड दिने र प्रोफेसनलहरुमा राइडिङ कल्चरको विकास गर्ने उद्देश्यका साथ हुन लागेको राइडमा करिब २५ वटा मोटरसाइकल सहभागि हुने आयोजकले बताएको छ ।

‘हामी आन्तरिक पर्यटन प्रवद्र्धन र प्रोफेसनलहरुलाई पनि टुरिङमा जोड्नु पर्छ भन्ने योजनाका साथ यो दुई दिने कार्यक्रम गर्दैछौं । यसमा सहभागि हुने राइडरहरुले आफ्नै आँखा अगाडि सगरमाथा देख्न पाउनु हुनेछ’, कार्यक्रमका संयोजक तथा मेरोअटोका संचालक हरि गजुरेलले भने ।

उनका अनुसार राइड काठमाडौंको नक्शालमा रहेको बाइकर्स क्याफेबाट सुरु भएर धुलिखेल–खुर्कोट–घुर्मी–ओखलढुङ्गा हुँदै सोलुखुम्बुको पताले बजारसम्म हुनेछ । जहाँबाट सगरमाथ लगायत करिब २०÷२२ वटा हिमाल नाङ्गो आँखालेनै आफैँ अगाडि उभिए जसरी देख्न पाइन्छ ।

कार्यक्रमलाई रोयल इनफिल्ड, केटीएम, बाइकर्स क्याफे, आइएनआई सिनेमाज् र वर्ल्ड मंक रमले प्रायोजन गरेका छन् । त्यस्तै सेफ्टी पाट्नरको रुपमा कवच र यति हेल्मेट रहेका छन् ।

मेरोअटोले विगतमा ४ पाङ्रेका लागि कार र्याली आयोजना गर्दै आएकोमा यस पटकबाट २ पाङ्रेका लागि मोटरसाइकल राइड पनि सुरु गरेको हो ।

वि.सं.२०८० माघ २५ बिहीवार १९:२७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...