काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा हिमालयन डिस्टीलरीको १० प्रतिशत बोनस बापतको २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
त्यसैगरी, स्वावलम्बन लघुवित्तको १२.३५९९ प्रतिशत बोनस बापतको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् दुवै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० माघ २६ शुक्रवार १२:२९ मा प्रकाशित