काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १५४.६५ प्रतिशत, कुल दाबी भुक्तानी ५०.९० प्रतिशत, कुल आम्दानी ९२.८४ प्रतिशत, कुल खर्च ८९.३५ प्रतिशतले बढेको छ।
हाल कम्पनीको चुक्तापुँजी १० अर्ब रहेको छ । कम्पनीको शेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८२ पैसा बढेर १२ रुपैयाँ ५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको छ।
वि.सं.२०८० माघ २९ सोमवार ०६:५३ मा प्रकाशित