काठमाडौं । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत पाएका छन् ।
कमिटीको उपाध्यक्षममा त्रिपाठी प्यानलकै अर्जुन श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिवमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तवहावदुर लामिछाने निर्वाचित भएका छन् ।
विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया केन्द्रले नै हस्तक्षेप गरेर नयाँ अध्यक्ष मण्डल बनाएपछि सुरु भएको थियो ।
वि.सं.२०८० फागुन ३ बिहीवार १६:५७ मा प्रकाशित