back
NMB ad

छुट्ला है, यी दुई इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । आज फागुन ६ गते आइतबार हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हिमालयन रिइन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि भोली फागुन ७ गते सोमबार बुक क्लोज गर्दैछ ।

एसियन लाइफ इन्स्योरेन्सले सभा प्रयोजनका लागि फागुन ८ गते बुक क्लोज गर्दैछ । भोली फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने भएकोले सो दिन सेयर बजार बन्द हुनेछ । यसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।

हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यसैगरी, एसियन लाइफले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी जम्मा ८.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे सुरु हुनेछ ।

वि.सं.२०८० फागुन ६ आइतवार ०७:१३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...