काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । मंगलबार बजार १.७६ अंकले घटेर २०३३ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), र समाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ८.२७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.९२ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको ४.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० फागुन ८ मंगलवार १५:१० मा प्रकाशित