काठमाडौं। साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कारोबार भइरहेको छ भने आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको भाउ प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ४०० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० फागुन १० बिहीवार ११:२१ मा प्रकाशित