back
NMB Ad

नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने   

Royal Enfield Inside Page Banner

चितवन, १० फागुन : दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्काे एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो । त्यहाँको ढिस्को भत्काउने काम अब तीन मिटर मात्रै बाँकी छ ।

फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान छ । अबको काम निकै कडा भएकाले समय लाग्ने देखिएको छ । बाँकी दुई मिटर सडक नरोकेरै भत्काउन मिल्ने उहाँको भनाइ छ । पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समय अनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको बताउनुभयो । ढिस्को होचोमात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उहाँको भनाइ छ ।

त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो ।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो । सो सडकका १९ वटा पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।

सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

वि.सं.२०८० फागुन १० बिहीवार १६:१३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...