back
Kumari Bank

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला   

Nepal Bank

काठमाडौँ, १० फागुन : एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २–१ ले जित्यो ।

पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो ।

आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६

तथा निखिल दत्तले १४ रन बनाए ।
नेपालका लागि साहब आलमले चार विकेट लिए भने शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस कीर्तन र हर्ष ठेकरले समान दुई–दुई विकेट लिए भने कप्तान सादबिन जफर र कलिम सानाले समान एक–एक विकेट लिए ।

वि.सं.२०८० फागुन १० बिहीवार १६:१९ मा प्रकाशित

You can share this post!

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १८:२४

काठमाडौँ : दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले...

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

वि.सं.२०८२ असार १२ बिहीवार १८:१४

काठमाडौँ : नेपालमा आयोजना हुने सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव...

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

वि.सं.२०८२ असार १२ बिहीवार १७:४५

काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

वि.सं.२०८२ असार १२ बिहीवार १७:१९

काठमाडौं । नेपाल आयल निगमले विशेष साधारण सभा बोलाएको छ...

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

वि.सं.२०८२ असार १२ बिहीवार १६:५९

म्याग्दी : पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक...

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८२ असार १२ बिहीवार १६:४७

काठमाडौँ :  वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु...