काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने जानकारी गराएको हो ।
ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट http://www.garimacapital.com/मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् ।
यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने बताएको छ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९/५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ Viber/WhatsApp मा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः फेसबुक इन्स्टाग्राम मार्फत जानकारी लिन पनि सकिनेछ ।
वि.सं.२०८० फागुन १० बिहीवार १८:३८ मा प्रकाशित