काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कारोबार भइरहेको छ भने आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको भाउ प्रतितोला .५ रुपैंयाले घटेर १ हजार ३९५ रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० फागुन ११ शुक्रवार ११:२२ मा प्रकाशित