काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा शिभम् सिमेन्टको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
त्यसैगरी, नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस बापतको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर चीकृत भएको हो ।
सूचीकृतपश्चात् दुवै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० फागुन १३ आइतवार १६:३३ मा प्रकाशित