काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बैंकको १०.५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७.३७ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० फागुन १३ आइतवार १६:२७ मा प्रकाशित