काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला २०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ भने आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ९५० रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको भाउ स्थिर रहँदै १ हजार ३९५ रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० फागुन १४ सोमवार १०:५४ मा प्रकाशित