काठमाडौं । सेयर बजारमा ६ दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । साताको दोस्रो कारोबार दिन बजारमा सुधार आएको छ । सोमबार बजार १३.२८ अंकले बढेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।
उक्त दिन समाज लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी बिपीडब्लु लघुवित्तको ८.७७ ६ प्रतिशत, किसान लघुवित्तको ५.५६ प्रतिशत, गुर्खाज फाइनान्सको ५.३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० फागुन १४ सोमवार १५:२० मा प्रकाशित