काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार ११.७८ अंकले घटेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड २० लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ९ करोड ३ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३० लाख १६ हजार रुपैयाँ, बोतलर्स नेपाल (तराई)को ५ करोड ८८ लाख ४७ हजार रुपैयाँ र जोशी हाइड्रोपावरको ४ करोड ९९ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० फागुन २० आइतवार १५:०४ मा प्रकाशित