back
NMB ad

अम्रिसोको मूल्य घटेपछि इलामका किसान निराश   

Kumari bank ad

फिक्कल (इलाम), २१ फागुनः अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसानहरु मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् ।

अम्रिसोको मूल्य गतवर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको छ । गत वर्ष प्रतिकेजी रु एक सय २० देखि रु एक सय ३० सम्ममा बिक्री भइरहेकोमा अम्रिसोको फूल (कुचो) अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भइरहेको छ ।

इलाम माई नगरपालिक–९ का पूर्णकुमारी साउदेनले व्यापारीहरु किसानका घरमै पुगेर कुचो खरिद गरिरहे पनि मूल्य पनि अत्यधिक घटेको बताउनुभयो । “गतवर्ष सुरुमा नै प्रतिकेजी रु एक सय १० का दरले कूचो बेचेको थिएँ, त्यसपछि रु एक सय ३० सम्म समेत पुगेको थियो”, उहाँले भन्नुभयो, “यसवर्ष प्रतसकेजी रु ६५ का दरले बेच्न बाध्य भएका छौँ ।”

विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अन्य बाली हटाएर अम्रिसो खेती गरेका किसान अहिले निराश भएको किसान अभिषेक येक्तेनले बताउनुभयो । “अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन”, उहाँले भन्नुभयो, “मैले यसवर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसा समेत नपुग्ने अवस्था छ ।”

यसरी मल्य नै घट्दै जाने हो भने अम्रिसोको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको किसान पवन राई बताउनुहुन्छ । “दुई÷तीन वर्षअघिसम्म कुचोको मूल्य राम्रो थियो”, उहाँले भन्नुभयो, “हामीले प्रतिकेजी एक सय ३० सम्ममा बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि खेतमा अम्रिसो लगाइयो ।”

अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमै राम्रो आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गरिएको थियो । विरुवाका लागि भइरहेको बोटबाटै अर्को विरुवा निकाल्न सकिने, गोडमेलको झन्झट नहुने भएका कारण पनि किसानहरु अम्रिसो खेतीतर्फ आकर्षित भएका हुन् ।

दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने भएकाले किसानले प्रशस्त मात्रामा कूचो उत्पादन गर्ने गरेका छन् । अहिले एक जना किसानले चार हजार केजीसम्म कुचो बिक्री गर्ने गरेका छन् ।

इलामका व्यापारी एवम् इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले यसवर्षको सुरुमा प्रतिकेजी रु ७५ देखि ८० सम्ममा कुचो बिक्री भए पनि पछि मूल्य घटेको बताउनुभयो ।

इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्य रुपमा अम्रिसो खेती हुने गरेको छ । कूचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काकटभिट्टा हुँदै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कूचो उत्पादन हुने गगरेको छ ।

वि.सं.२०८० फागुन २१ सोमवार १३:४३ मा प्रकाशित

You can share this post!

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:०२

डुम्रे (तनहुँ), २८ वैशाख : गण्डकी प्रदेशका नौ स्थानीय तह...

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...