काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला २ हजारले वृद्धि भएको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८० फागुन २२ मंगलवार ११:३४ मा प्रकाशित