back
NMB ad

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा   

Kumari bank ad

तनहुँ, २४ फागुन: मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु गरेका छन् ।

पृथ्वीराजमार्ग सडकअन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ । डिजाइनअनुरुप सडक दायाँबायाँ २३÷२३ मिटर चौडा हुनेछ । दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गका न्य क्षेत्रमा भने चार लेनको सडक बनाइनेछ ।

आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उक्त सडकअन्तर्गत चार लेनको बाह्र किमी र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको हो ।

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दूरी छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी पश्चिम सडक खण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किमी दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य गरिएको छ । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।

पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिनुभयो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

वि.सं.२०८० फागुन २४ बिहीवार १६:४६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...