काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओ भोली फागुन २५ गते शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ शुक्रबार बिहान १० बजे नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ ।
सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९।३२ गुणा बढी आवेदन हो ।
यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी ९ लाख ५९ हजार ६९० जनाले शेयर नपाउने भएका हुन् ।
कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।
वि.सं.२०८० फागुन २४ बिहीवार १८:०८ मा प्रकाशित