काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओले पहिलो कारोबारको लागि १७१.७४ रुपैयाँदेखि अधिकतम ५१५.७४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७४ रुपैयाँ रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो ।
बुक विल्डिङ विधिमार्फत आईपीओ निश्कासन गर्ने पहिलो कम्पनीको रुपमा स्थापित सर्वोत्तम सिमेन्ट अब दोश्रो बजारमा कारोबार लागि सूचीकृत हुने प्रक्रियामा रहेको छ । आज बाँडफाड भएको यो कम्पनीको सेयर अब नेप्सेमा लिष्टिङको प्रक्रिया अगाडि बढ्नेछ ।
वि.सं.२०८० फागुन २५ शुक्रवार १७:५२ मा प्रकाशित