back
NMB ad

नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चमा अध्यक्ष कमल थापा मगर सहित ३५ सदस्यीय कमिटी निर्विरोध

Kumari bank ad

काठमाडौं । नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलनबाट अध्यक्ष कमल थापा मगर सहित ३५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएका छन् । फागुन २५ गतेदेखि शुरुभएको सम्मेलनबाट सहमतिको आधारमा कमिटी चयन गर्दै २८ गते सम्पन्न भएको हो ।

कमिटीको उपाध्यक्षमा होम प्रसाद जमकट्टेल (केदार) र शुभद्रा थापा, सचिवमा नारायण आचार्य, उपसचिवमा एकराज सेढाई र प्रतिमा कँडेल, कोषाध्यक्षमा कमल श्रेष्ठ निर्वाचित भएका हुन् ।

सदस्यहरुमा कृष्णप्रसाद खतिवडा, प्रेमनाथ दुवाडी (विश्वराम), ठाकुर सेढाई, काजिमान तामाङ, हरिप्रसाद तिवारी, दिपक गुरुङ, ईन्द्र राना, शिवप्रसाद ढुंगाना, रामेश्वर पाठक, रमेश पण्डित, राजकुमार गिरी, सन्तोष पाण्डे, थामसिं तामाङ, ए माया तामाङ, निश्चल खत्री, महेश राना मगर, लक्ष्मी पौडेल, सुस्मा थापा, मिना अधिकारी, निता शाहि बुढाथोकी, रेशिका मगर, सुजन आचार्य, दर्शन खतिवडा, राजु श्रेष्ठ, शेर बहादुर दाहाल, बासु थापा मगर, पविन मगर र जयन्द्र खतिवडा निर्वाचित भएका छन् ।

निर्वाचित कमिटीलाई आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । अध्यक्ष थापा मगरलाई निर्वाचन कमिटीका संयोजक मेनुका दुवाडीले र बाँकी पदाधिकारी सहित सिंगो कमिटीलाई नव निर्वाचित अध्यक्ष थापाले सपथ ग्रहण गराएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सम्मेलनको समापन एवं बधाई तथा सपथ कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य सांसद रणकुमारी बलम्पाकीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सञ्जिव पाण्डेले नवनिर्वाचित अध्यक्ष कमल थापा मगरलाई माइन्युट हस्तान्तरण गरेर पदभार ग्रहण गराएका थिए । नवनिर्वाचित कमिटीको कार्यकाल दुई वर्षको हुनेछ ।

वि.सं.२०८० फागुन २८ सोमवार २१:०४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...