back
NMB ad

यस्तो छ, आज २९ फाल्गुण २०८० मंगलवारको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यात्राको योग पनि छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मन्दिरको दर्शनले मन शान्त रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत हुनुपर्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । खानपिनमा पनि विचार गर्नुहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै कुराले मनमा शान्ति छाउला । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० फागुन २९ मंगलवार ०६:३४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...