काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । को अनुमति छ । कम्पनीले १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको हो ।
सेबोनबाट अनुमति पाएपछि कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । यसमा १७ प्रतिशत हकप्रद सेयर बिक्री भएमा चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्नेछ ।
वि.सं.२०८० फागुन २९ मंगलवार १७:२४ मा प्रकाशित