back
NMB ad

एडिबीका कन्ट्री डाइरेक्टरले भेटे अर्थमन्त्री

Kumari bank ad

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस क्रममा उनले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए । यस्तै उनले मन्त्री पुनले विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत आयोजना र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे । आफु ऊर्जामन्त्री भएका बेला अघि बढेका दूधकोशी र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाए । २० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगनाी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे । ‘दूधकोशी जलासययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु ।’

पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए । यस्तै मन्त्री पुनले युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने उल्लेख गरे । मन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गरे ।

वि.सं.२०८० फागुन २९ मंगलवार १६:४१ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...