काठमाडौं । साताको चौथो कारोबार दिन सुन भाउ घटेको छ। उक्त दिन सुन प्रतितोला १००० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैंयाले घटेरर प्रतितोला १ हजार ४६५ रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८० फागुन ३० बुधवार १३:०८ मा प्रकाशित