back
NMB ad

टुरिजम लयर्स फोरमले गरायो पर्यटन व्यवसायीलाई कानुनको जानकारी

Kumari bank ad

काठमाडौं । पर्यटन क्षेत्रमा रहेका कानुनको जानकारी गराउने र व्यवसायीहरुलाई कानुनी चेतनाको विकास गराउने उद्देश्यले टुरिजम लयर्स फोरम नेपालले नगरकोटमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा टुरिजम लयर्स फोरम नेपालका अध्यक्ष घनेन्द्र बहादुर श्रेष्ठले पर्यटन क्षेत्रमा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा यस्ता अन्तरक्रियाको माध्यमद्वारा पर्यटनक्षेत्रमा भएका कानुनी व्यवस्थाको सन्दर्भमा चेतनामुलक कार्यहरु सञ्चालन गरी पर्यटन व्यवसायलाई मर्यादित, व्यवस्थित र नियमित गर्न सहयोग पुग्ने अपेक्षाका साथ यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नेपालको पर्यटन प्रवर्द्धन र विकासमा मुलुकमा रहेको कानुनी व्यवस्थाले समेत महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्छ र व्यवसायीहरुलाई अनुशासित र व्यवस्थित वनाउनलाई सहयोग गर्दछ भन्ने मुल उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका अध्यक्ष विनायक शाहले व्यवसायीहरुले ठुलो लगानी गरी पर्यटन क्षेत्रमा व्यवसाय गरिरहेको र पर्यटन व्यवसाय आफैमा व्यवस्थित र अनुशाशित व्यवसाय भएको बताउनुभयो । उहाँले भन्नुभयो “व्यवसायीहरुले आफ्ना पर्यटक उपभोक्ताहरुलाई अन्तरराष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउन नसके व्यवसाय नै धरासायी हुने हुदाँ हर समय व्यवसायीहरु पर्यटकहरुको सेवा सुविधा प्रति चनाखो हुनुपर्दछ” । अध्यक्ष शाहले कतिपय कानुनका प्रावधानहरुले व्यवसायीहरुलाई समस्या परेको र नियतबश कानुन विपरित कार्य नगरिएका र अन्जानमा भएका गल्तीमा कारवाही गरिने र अनावश्यक प्रचारप्रसार गरेर व्यवसायिक संवेदनसिलतालाई ख्याल नगरिएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. नारायण प्रसाद घिमिरेले पर्यटन क्षेत्रमा दुस्कृति सम्वन्धि कानुनको व्यापक प्रयोग हुने र कुनै गलत कार्य वा कानुन विपरितका कार्य गरेमा उपभोक्ताले भारी मात्रमा क्षतिपुर्तिको दावी गर्न सक्ने भएकोले व्यवसायीहरु चनाखो र अनुशासित हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

नाल्दुम नगरकोट पर्यटन विकास समितिको समेत सहयोगमा पर्यटकीय गन्तव्यस्थान नगरकोटमा आयोजित कार्यक्रम टुरिजम लयर्स फोरम नेपालको अध्यक्ष घनेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा होटल संघ नेपालका अध्यक्ष विनायक शाहको प्रमुख आतिथ्यता र नाल्दुम नगरकोट पर्यटन विकास समितिको अध्यक्ष नविन गुरुङको आत्थियतामा सम्पन्न गरिएको हो ।

अन्तरकृया कार्यक्रममा टुरिजम लयर्स फोरम नेपालको महासचिव तथा वागमति प्रदेश सभाका सदस्य माननीय जयराम थापा, वरिष्ठ अधिवक्ता विष्णु लुईटेल, वरिष्ठ अधिवक्ता धिर्जराज पोखरेल तथा नाल्दुम नगरकोट पर्यटन विकास समितिका सदस्यहरु तथा होमस्टे सञ्चालकहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०८० फागुन ३० बुधवार १६:५१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...