back
NMB ad

इयुले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो दिने   

Kumari bank ad

ब्रसेल्स, १ चैत : युरोपेली सङ्घ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच अर्ब युरो (पाँच अर्ब ४८ करोड अमेरिकी डलर) प्रदान गर्न सहमत भएको अल जजिराले बताएको छ । यो इयुले सञ्चालन गरेको सहायता कोषको सुधारको भाग हो ।

युक्रेनको सेना रुसको आक्रमणविरुद्ध लडिरहेकाले युक्रेनलाई सैन्य सहयोग गर्ने कदममा इयुले युक्रेनलाई विजयी बनाउन हरसम्भव सहयोग गर्ने बताएको छ । इयुका विदेश मामिला तथा सुरक्षा नीतिका वरिष्ठ प्रतिनिधि जोसेप बोरेलले भन्नुभयो, “हामी युक्रेन असिस्टेन्स फन्डमा सहमत भएका छौँ, यो फन्डले युक्रेनलाई थप पाँच अर्ब युरोसँगै सैन्य समर्थन बढाउन हामीलाई अनुमति दिन्छ, सन्देश स्पष्ट छ ः हामी युक्रेनलाई हरसम्भव सहयोग गर्नेछौँ ।”

अल जजिराका अनुसार इयुका २७ सदस्य मुलुकका राजदूतहरूले महिनौँको तर्कवितर्कपछि बुधबार ब्रसेल्समा भएको एक बैठकमा युरोपेली शान्ति सुविधा (इपिएफ) कोषको समग्र सुधारमा सहमति व्यक्त गरेका छन् । यसमा इयुका ठूला मुलुक फ्रान्स र जर्मनी बहसको केन्द्रमा थिए ।

ठूलो नगद–फिर्ता योजनाका रूपमा सञ्चालित उक्त कोषले इयुका सदस्य र अन्य मुलुकमा युद्ध सामग्री पठाउन ‘रिफन्ड’ दिनेछ । युरोपेली रक्षा उद्योगहरूको बलियो प्रवर्द्धक फ्रान्सले ‘रिफन्ड’ का लागि सक्षम हतियार खरिद गर्दा बलियो ‘युरोपेली खरिद गर्नुहोस्’ नीतिमा जोड दिएको थियो । यद्यपि अल जजिराका अनुसार अन्य मुलुकले यस्तो प्रकारको आवश्यकताले विश्वभरबाट युक्रेनका लागि चाँडै हतियार खरिद गर्ने प्रयासमा अवरोध गर्ने तर्क दिएका छन् ।

जर्मनी अहिलेसम्म युरोपमा युक्रेनलाई सैन्य सहायता दिने सबैभन्दा ठूलो द्विपक्षीय दाता रहेको छ र उसले कोषमा मुलुकहरूको वित्तीय योगदानको आकार निर्धारण गर्दा द्विपक्षीय सहयोगलाई ध्यानमा राख्नुपर्ने बताएको छ । अन्ततः ‘युरोपेली खरिद’ नियमहरूमा खुकुलोपनलाई अनुमति दिएर सदस्यहरूको वित्तीय योगदानको गणना गर्दा द्विपक्षीय सहायताको मूल्यको अंशलाई ध्यानमा राखेर सम्झौता भएको कूटनीतिज्ञहरूले बताएका छन् ।

“यो हाम्रो साझा विजय हासिल गर्न युरोपेली एकता र दृढ सङ्कल्पको अर्को शक्तिशाली र समयसापेक्ष प्रदर्शन हो”, युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भन्नुभयो, “हामी अर्को इयु विदेश मामिलाको परिषद् बैठकमा स्वीकृत हुने अन्तिम निर्णयको प्रतीक्षामा छौँ ।”

वि.सं.२०८० चैत १ बिहीवार १४:२७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...