काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार १०.६२ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १० वटा उपसूचक राताम्मै भएको छ ।
उक्त दिन विन नेपाल लघुवित्तको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.८३ प्रतिशतले घटेको हो । त्यसैगरी किसान लघुवित्तको ५.२० प्रतिशत, यूनियन हाइड्रोपावरको ४.६३ प्रतिशत, सनराइज फस्र्ट म्यूचुअm फण्डको ४.५२ प्रतिशत,दोल्ती पावर कम्पनीको ४.३४ प्रतिशतले सेयर मूल्य घटेको हो ।
वि.सं.२०८० चैत ४ आइतवार १५:१९ मा प्रकाशित