काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित चैत २४ गते पोखरा-७, कास्कीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ ।
आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
वि.सं.२०८० चैत ५ सोमवार १२:०४ मा प्रकाशित