back
NMB Ad

किसानलाई पशु बीमा गर्न कठिन   

गल्याङ (स्याङ्जा), ६ चैत: स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा गर्न समस्या हुने गरेको बताएका छन् । वालिङ–११ स्वरेक पृतिपका कृषक राजु पङ्गेनीले बाख्राको बीमा गर्न निकै कठिन भएको गुनासो गर्नुभयो ।

उहाँले राजेन्द्र भवानी नस्लसुधार बाख्रा फार्ममार्फत तीन वर्षदेखि उन्नत जात र स्थानीय जातका बाख्रा पाल्दै आउनुभएको छ । व्यवसायबाट राम्रो आम्दानी हुने गरे पनि बाख्राको बीमा गर्न समस्या हुने गरेकाले काम गर्न जाँगर हराउँदै गएको उहाँले सुनाउनुभयो ।

“वैदेशिक रोजगारबाट मात्र राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आम धारणालाई चिर्न गाउँमै बाख्रापालन सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “उत्पादन गर्न सके बजार पनि राम्रो छ तर ठूलो मूल्यका बाख्रामा तलमाथि भएमा बीमा गर्न नसकिँदा जोखिम हुने डर छ ।”

उहाँले बिमा कम्पनीसँग पटकपटक आग्रह गर्दा पनि बीमा गर्न कठिन हुने गरेको गुनासो गर्नुभयो । “सितिमिति बाख्राको बीमा गरिदिन्नन्, च्यानल मिलाउने, भनसुन गरेर बडो कठिनसँग बीमा गरे पनि बीमाबापतको पाउने रकम अत्यन्त कम छ”, पङ्गेनीले भन्नुभयो ।

उहाँले बीउका लागि उत्पादन गर्ने उद्देश्यले व्यवसाय सुरु गरे पनि महङ्गीका कारण मासु उत्पादनतर्फ लागेको बताउनुभयो । पङ्गेनीको फार्ममा मासिक ४५ देखि ७० सम्म बोयर क्रस र खरी जातका बाख्रा हुने गर्छन् । उहाँको रु तीन लाखबाट सुरु गरेको व्यवसाय हाल रु १५ लाख पुगेको छ । आधुनिक खोर, ट्रस, डुँड, चरन क्षेत्रलगायत संरचना निर्माण गरेर उहाँले व्यवसाय गर्नुभएको छ ।

पङ्गेनीले भन्नुभयो, “तराईका बाख्रा स्थानीय बजारमा आउँदा यहाँका बाख्रा केही सस्तोमा बिक्री गर्नुपर्छ, बर्खा र जाडोमा सामान्य रुघाखोकीबाहेक अन्य स्वास्थ्य समस्या छैन, हिउँदमा हरियो घाँसको थोरै समस्या भने हुन्छ ।”

परम्परागतरूपमा गर्दै आएको बाख्रापालनलाई स्वरोजगार बन्न गाउँमै व्यावसायिक बाख्रा पालेको उहाँले बताउनुभयो । पङ्गेनीले खोरसुधार कार्यक्रमअन्तर्गत जिल्ला भेटेरिनरीबाट रु एक लाख ५० हजार र बीउ पूँजी कार्यक्रम अन्तर्गत दियालोमार्फत रु २५ हजार अनुदानसमेत पाउनुभएको छ । उहाँले बाख्रा पालनबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । पङ्गेनीको बाख्रापालन व्यवसायलाई बुबा झोमलाल, आमा खिनाकुमारी, श्रीमती पूजादेवी, भाइ डाँसिराम र बुहारी भारतीले सहयोग गर्दै आउनुभएको छ ।

नगरपालिकाका पशु शाखा प्रमुख डा माधव डुम्रेले पशुको बीमा गर्न बीमा कम्पनीले कठिन मान्ने गरेको स्वीकार गर्नुभयो । “बाख्रा मर्ने सम्भावना अलि धेरै हुने गरेकाले बीमा कम्पनीले सहज रूपमा बीमा नगरिदिने कुरा सत्य हो”, उहाँले भन्नुभयो, “यो समस्या समाधानका लागि बीमा कम्पनीलाई छलफलमा बोलाएर समस्या सुल्झाउन आग्रह गरेका छौँ ।”

उहाँका अनुसार बीमा शुल्कबापतको रकम ८० प्रतिशत सरकारले र २० प्रतिशत कृषकले आफैँले बेहोर्ने गरेका बताउनुभयो । कुनै कारणले बाख्रा मरेमा वा बिरामी भएमा नगरपालिकाले प्रकृति हेरेर सहयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०८० चैत ६ मंगलवार १२:३३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजको मौसम : एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:५१

काठमाडौँ :  हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव...

क्रेस्ट माइक्रो लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने ?

क्रेस्ट माइक्रो लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने ?

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:४६

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

NETA ले IIMS 2025 मा 328 बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्यो

NETA ले IIMS 2025 मा 328 बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्यो

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:२६

जकार्ता, इण्डोनेसिया : PT NETA Auto Indonesia ले 2025 को...

सिटिजन्स बैंकका ग्राहकहरूलाई ईलाइट डेन्टल स्टुडियोमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई ईलाइट डेन्टल स्टुडियोमा विशेष छुट

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:१४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाडौँ, स्थित...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २६ सोमवार ०६:०१

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...