back
NMB ad

उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या   

Kumari bank ad

काठमाडौँ, ६ चैतः काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो ।

विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी पछिल्लो समय नेपालका बालबालिकामा दाँत किराले खाने अत्यधिक रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग ब्रस नगर्ने, बजारमा पाइने तयारी खाना खाने, चक्लेट, विष्कुटलगायत गुलियो खानेकुरा खाँदा अधिकांश बालबालिकाको दाँत किराले खाने समस्या देखिएको बताउनुभयो ।

अस्पतालले बिएम फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँ नर्थसँगको सहकार्यमा उपत्यकाभित्रका ६८ विद्यालयमा अध्ययन गरेको थियो । कूल २४ हजार एक सय ५४ विद्यार्थीसँग गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको हो ।

अस्पतालले विभिन्न समुदायमा गएर गरेको दन्त शिविरका क्रममा वयस्कहरुमा ४५ प्रतिशत गिजाको समस्या पाइएको डा श्रेष्ठले बताउनुभयो । हालसालै उक्त अस्पतालले झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक, कैलाली, सिन्धुली र नुवाकोटमा दन्तशि विर सञ्चालन गरेको थियो ।

तीनदिने निःशुल्क दन्त परीक्षण गरिने    
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले विश्व मुख स्वास्थ्य दिवसका अवसरमा बुधबारदेखि शुक्रबारसम्म तीन दिने निःशुल्क दन्त परीक्षण गर्ने भएको छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मार्च २० अर्थात् विश्व मुख स्वास्थ्य दिवसका अवसरमा निःशुल्क दन्त परीक्षण गर्न लागेको हो । यस्तै, विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सो अस्पतालले भोलि जनचेतनामूलक ¥याली आयोजना गर्ने, निबन्ध प्रतियोगिता र कला प्रतियोगिता आयोजना गर्ने भएको हो ।

वि.सं.२०८० चैत ६ मंगलवार १५:४४ मा प्रकाशित

You can share this post!

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका   

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:१७

वासुदेव पौडेल गण्डकी, २७ वैशाखः कास्की जिल्लाभित्रका ऐतिहासिक एवम् धार्मिक...

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०९

काठमाडौं । राइटपाथको आयोजनामा यही बैशाख २९ गतेदेखि जेठ ८...

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०३

काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले...

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५०

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:४२

काठमाडौँ, २७ वैशाख: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले...

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:१६

सानेबहादुर नेपाली तनहुँ २७ वैशाखः जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा...