back
NMB ad

नेपाली क्रिकेट टोलीको घोषणा   

Kumari bank ad

काठमाडौँ, ७ चैत : नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ ।

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।

नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही चैत १२ र १३ गते ट्वान्टी–ट्वान्टी खेल खेल्नेछ । त्यसपछि नेपाली टोली भारत जानेछ । भारतमा नेपालले पहिलो खेल यही चैत्र १८ गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत २० गते बरोडासँग खेल्नेछ ।

त्यस्तै नेपालले आफ्नो तेस्रो खेल चैत २१ गते गुजरातसँग खेल्नेछ । उक्त सिरिजको अन्तिम खेल नेपालले चैत २३ गते बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल भने चैत २५ गते हुनेछ ।

वि.सं.२०८० चैत ७ बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

वि.सं.२०८१ असार ४ मंगलवार १४:३१

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८...

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२२

अत्तरिया : कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात...

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १४:१७

काठमाडौँ, ४ असारः राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत...

प्रभु बैंकको ३०६ औ शाखा मुगुको गमगडिमा सञ्चालन

प्रभु बैंकको ३०६ औ शाखा मुगुको गमगडिमा सञ्चालन

वि.सं.२०८१ असार ४ मंगलवार १३:५२

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

वि.सं.२०८१ असार ४ मंगलवार १२:५४

मस्को, ४ असार : दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार...